BIZMANDU
www.bizmandu.com

सिल्कको उत्कृष्ट ट्राभल एजेन्ट बन्यो सुमेघ, सिल्क नेपालका लागि ट्रेन्डसेटर र ट्रेडमार्क

२०६९ माघ २०

सिल्कको उत्कृष्ट ट्राभल एजेन्ट बन्यो सुमेघ, सिल्क नेपालका लागि ट्रेन्डसेटर र ट्रेडमार्क
सिल्कको उत्कृष्ट ट्राभल एजेन्ट बन्यो सुमेघ, सिल्क नेपालका लागि ट्रेन्डसेटर र ट्रेडमार्क

काठमाडौं । सिल्क एयरले सर्वोत्कृष्ट टिकट एजेन्टका रुपमा सुमेघ टुर्स एण्ड ट्राभल्सलाई सम्मान गरेको छ । शुक्रवार साँझ सिल्क एयरका नेपाल प्रवन्धक आश्रु इत्तिकान र सिल्कको नेपाल जिएसए एभरेष्ट एक्सप्रेसका कार्यकारी अध्यक्ष आरआर पाण्डेले सुमेघका सञ्चालक मेघ के.सीलाई अवार्ड हस्तान्त्रण गरे । सिल्कले पाँच अन्य उत्कृष्ट ट्राभल एजेन्टलाई समेत सम्मान गर्यो ।

सिल्क एयरका नेपाल प्रवन्धक आश्रु इत्तिकान र सिल्कको नेपाल जिएसए एभरेष्ट एक्सप्रेसका कार्यकारी अध्यक्ष आरआर पाण्डेले सुमेघका सञ्चालक मेघ के.सीलाई अवार्ड हस्तान्त्रण गर्दै

Tata
GBIME
Nepal Life

सिल्कले उत्कृष्ट टिकेटिङ्ग एजेन्ट्सका रुपमा मेगाबाइट टुर्स एण्ड ट्राभल्स, कुमारी टुर्स, ओशो वल्र्ड ट्राभल, प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स र एभरेष्ट एक्सप्रेस इन्टरनेशनललाई पनि सम्मान गर्यो । कम्पनीले उत्कृष्ट तीन कार्गो एजेन्टस युनिक फ्रेट प्रा.ली., साँग्रीला फ्रेट  र वल्र्ड फ्रेटलाई पनि सम्मान गरेको थियो । कम्पनीले कार्यक्रममा उत्कृष्ट काम गर्ने सिल्कका छ कर्मचारीहरु घनश्याम चौधरी, नविन जिरेल, नानु दुवाडी, केशरबहादुर थापामगर, खगेन्द्र बस्नेत र सुर्यप्रकास भण्डारीलाई पनि सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा कम्पनीका नेपाल प्रवन्धक इत्तिकानले सिल्क एयर नेपालको एयरलाइन्स उद्योगमा ट्रेन्डसेटर र टे«डमार्क भएको बताए । सिंगापुर एयरलाइन्सको भगिनी संस्था सिल्कले सन् २००७ देखि सिंगापुर–काठमाडौंको उडान पुन सुरु गरेको हो । सिल्कले अहिले १२ देशका ४२ स्थानमा उडान गर्दै आएको छ ।