BIZMANDU
www.bizmandu.com

आयो तिहार, बहार चल्यो सयपत्रीको, ७० वर्षे हजुरबुबाको यस्तो फूल व्यापार (फोटो स्टोरी)

२०७३ कात्तिक ९

काठमाडौँ । तिहार फूलै फूलको चाड हो। घर सजाउन मात्र होइन कुकुर देखि भाइपुजा सम्मलाई नै तिहारमा फूलै चाहिन्छ। त्यसैले अहिले जताजतै फूलकै माहोल छ।
 


 

यो सिजनमा नेपाल मात्र होइन भारतबाट समेत फूल आयात हुन्छ।

Tata
GBIME
NLIC


 

राजधानीमा वरिपरिको काँठबाट पनि ठूलो परिमाणमा फूल एवं माला बिक्रीको लागि आउने गरेको छ। शहर ल्याएर बर्षेनी फूल बेच्ने मध्येका एक हुन् भक्तपुर गुन्डुका बुलु नगरकोटी। 


 

७० बर्षमा हिँडी रहेका नगरकोटी फूल व्यापारमा लागेको ४-५ वर्ष भयो।  उनी यसपालीको तिहारका लागि मखमली र सयपत्रीको माला उन्न व्यस्त छन्।


 

उनले असन र कालीमाटी ल्याएर फूल बेच्ने गरेका छन्। ठूलो परिमाणमा किन्ने आए एउटा मालाको १३ रुपैयाँसम्म लिने गरेको उनले बताए। खुद्रा किन्दा त्यहि मालाको ५०/६० रुपैयाँ पर्छ।


 

तिहारका लागि चाहिने माला

उन्न उनी वैशाख देखि नै फुलको बिउ रोप्न थाल्छन्।