BIZMANDU
www.bizmandu.com

मर्चेन्ट बैंकर नथप्ने धितोपत्र बोर्डको निर्णय, १९ वटा सञ्चालनमा, १० नयाँको निवेदन ‘पेन्डिङ’

२०७३ कात्तिक ५

मर्चेन्ट बैंकर नथप्ने धितोपत्र बोर्डको निर्णय, १९ वटा सञ्चालनमा, १० नयाँको निवेदन ‘पेन्डिङ’
मर्चेन्ट बैंकर नथप्ने धितोपत्र बोर्डको निर्णय, १९ वटा सञ्चालनमा, १० नयाँको निवेदन ‘पेन्डिङ’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अब बोर्डले मर्चेन्ट बैंकरको आवेदन नलिने भएको छ। पुरानो कानुनी व्यवस्था संसोधन एवं सुदृढिकरणका लागि आवेदन स्थगित गरेको बोर्डले जनाएको हो।
 
अहिले १९ संगठित संस्था मर्चेन्ट बैंकरको रुपमा कार्यरत छन्। थप १० वटाले सञ्चालन अनुमति माग गर्दै आवेदन दिएका छन्। तिनीहरुलाई भने प्रकृया पुर्याएर लाइसेन्स दिने बोर्डले जनाएको छ।
 
बोर्डले अहिले १० बर्ष पुरानो मर्चेन्ट बैंकिङ सम्बन्धि नियमावलीको व्यवस्था अनुसार लाइसेन्स दिँदै आएको छ।
 
एक दशकमा बजारमा ठूलो परिवर्तन आइ सकेको भन्दै बोर्डले नियमावली संसोधनको तयारी समेत गरेको छ।
 
मर्चेन्ट बैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिमलाई पुरानो नियमावलीले सम्बोधन गर्न नसक्ने बोर्डको ठम्याइ छ। अब मर्चेन्ट बैंकिङ गर्ने कम्पनीको पूर्वाधार व्यवस्था, व्यवसायिक क्षेत्रको विस्तार आदि अध्ययन गरी व्यवसायको दायरा वढाउने बोर्डले जनाएको छ। यीनै उद्देश्य सहित मर्चेन्ट बैकिङ्ग सम्वन्धी नियमावली संशोधन प्रक्रिया अघी बढेको हो।
 
अहिले मर्चेन्ट बैंकिङ अन्तर्गत सेयर निस्कासन, रजिष्ट्रेसन, अन्डरराइटिङ लगायत सेवा परिभाषित गरिएको छ। संशोधन पछि यो दायरा समेत बढ्नेछ। 
जोखिम बहन क्षमता बृद्धिका लागि कम्पनीको पुँजी र पुर्वाधारको अवस्थालाई पनि थप सुदृढ बनाउने बोर्डको तयारी छ।
 

Tata
GBIME
Nepal Life