BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकका ४० लाख कित्ता डिबेन्चर स्टकमा सूचिकृत, सात वर्षमा भुक्तानी

२०६९ माघ १६

काठमाडौं । ग्लोबल आइएमई बैंकले निष्कासन गरेको ४० लाख कित्ता डिबेन्चर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बैंकले १० प्रतिशत व्याजमा  हजार दरका ४० लाख कित्ता डिबेन्चर निष्कासन गरेको थियो । सम्झौंतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्टकका निमित्त महाप्रवन्धक प्रमोद भट्टराईले हस्ताक्षर गरे ।
डिबेन्चरको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ भने भुक्तानी अवधि सात वर्षको रहेको छ । डिबेन्चरको ब्याज भुक्तानी त्रैमासिक रुपमा गरिने बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २९ अर्ब ३७ करोड निक्षेप संकलन गरी २३ अर्ब ९ करोड ऋण लगानी गरेको छ ।
सोही अवधिमा बैंकको सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्थापछि) ३८ करोड ३९ लाख र खुद मुनाफा २४ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

Tata
GBIME
Nepal Life