BIZMANDU
www.bizmandu.com

सोह्र श्राद्धमा झरेको सेयर बजार नौंरथा लागेपछि उक्लियो, दोहोरो अंकको बृद्धि, तीन सुचक ओर्लिए

२०७३ असोज १६

सोह्र श्राद्धमा झरेको सेयर बजार नौंरथा लागेपछि उक्लियो, दोहोरो अंकको बृद्धि, तीन सुचक ओर्लिए
सोह्र श्राद्धमा झरेको सेयर बजार नौंरथा लागेपछि उक्लियो, दोहोरो अंकको बृद्धि, तीन सुचक ओर्लिए

काठमाडौं । तीन वटा उपसुचक ओर्लिए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचकमा भने दोहोरो अंकको सुधार आएको छ । सोह्र श्राद्धभरी निरन्तर घटिरहेको बजार नौरथा लागेपछि साढे १० अंकले बढेको हो ।

GBIME
Tata

बजारमा ८८ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ । दिनभरीमा १३५ कम्पनीका सेयर किनबेच भएका छन् ।

खासगरी बिमा सुचक २३७ अंकले उक्लिएपछि बजार उकालो लागेको हो । बैंकिङ ५.२२, अन्य ६.३६ र फाइनान्स एक अंकभन्दा पनि निकै  कमले बढेको छ ।

आइतबार होटल साढे आठ, जलविद्युत साढे १३ र विकास बैक एक अंकभन्दा कमले झरेको छ ।

बजारमा शिखर इन्स्योरेन्सको ११ करोड ६७ लाख रुपैयाँको किनबेच भएको छ । यसपछि सनराइज बैंकको साढे नौं करोड र एनबी बैंकको नौं करोडको किनबेच भएको छ ।

बैंक अफ काठमाण्डू लुम्बिनी, ज्योति विकास बैंक र कुमारी बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ । निर्धन उत्थानको १० प्रतिशत हाराहारी सेयर मूल्य झरेको छ ।