BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमईले रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गर्ने, चुक्ता पुँजी यसै वर्ष आठ अर्व नाघ्ने

२०७३ असोज १४

ग्लोबल आइएमईले रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गर्ने, चुक्ता पुँजी यसै वर्ष आठ अर्व नाघ्ने
ग्लोबल आइएमईले रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गर्ने, चुक्ता पुँजी यसै वर्ष आठ अर्व नाघ्ने


काठमाडौं। ग्लोबल आइएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। बैंक एक्वायर गर्ने विषयमा शुक्रवार सम्झौता भएको छ।
 
रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गरेपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी आठ अर्व रुपैयाँ पुग्नेछ। विकास बैंक एक्वायर गर्न लागेको जानकारी नेपाल राष्ट्र बैंक पठाउने र आइतवारदेखि नै रिलायवलको सेयर कारोवार रोकिनेछ। 
 
रिलायवल डेलपमेन्ट बैंकसँग रेमिट्यान्स कारोवारको अनुभव छ। त्यसैगरी रिलायवल बैंकसँग रिलायवल माइक्रोफाइनान्स कम्पनी पनि छ। रिलायवल फाइनान्सन, शुभलक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेपलपमेन्ट बैंक मर्ज भएपछि रिलायवल डेभलपमेन्ट बैंक बनेको हो।
 
चौथो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार रिलायवल डेभलपमेन्ट बैंकसँग ७८ करोड ८० लाख रुपैयाँको चुक्ता पुँजी छ भने रिजर्भमा ३७ करोड रुपैयाँ छ। रिलायवलसँग आठ अर्व २१ करोड रुपैयाँको निक्षेप र छ अर्व ९४ करोड रुपैयाँको कर्जा लगानी छ।


गत आर्थिक वर्षमा रिलायवलले २६ करोड ९० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। पश्चिम नेपालमा बढी शाखा सञ्जाल भएको रिलायवलसँग १७ वटा शाखा छन्। 
 
रिलायवल डेभलपमेन्ट एक्वायर गरेपछि ग्लोबल आइएमइ बैंकले यसै वर्ष आठ अर्व रुपैयाँको चुक्ता पुँजी पुर्याउनेछ। बैंकसँग अहिले छ अर्व १६ करोड रुपैयाँको चुक्ता पुँजी छ भने बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।
 
लाभांस वितरणपछि बैंकको चुक्तापुँजी सात अर्व १५ करोड रुपैयाँ हाराहारीमा पुग्नेछ। बैंकले लमजुङ कार्यक्षेत्र भएको प्यासिफिक डेभपलपेन्ट बैंक पनि एक्वायर गर्दैछ। यो बैंकसँग पनि दश करोड रुपैयाँको चुक्ता पुँजी छ।
 
दुई वटा विकास बैंक एक्वायर गरेपछि बैंकको चुक्ता पुँजी आठ अर्व रुपैयाँभन्दा माथि पुग्नेछ। ग्लोबल आइएमईले यसअघि कमर्ज एण्ड ट्रष्ट बैंकलाई मर्ज गरेको थियो। 

Tata
GBIME
Nepal Life