BIZMANDU
www.bizmandu.com

सिटिभी मोबाइलको दशैं तिहार योजना, यामाहाको स्कुटरदेखि ४२ इन्चको एलइडी टिभी जित्न सक्ने

२०७३ असोज ९

काठमाडौं। सिटिभी मोबाइलले उसका आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैंतिहार बम्पर उपहारको योजना ल्याएको छ । योजना अवधिभर मोबाइल खरीद गर्ने ग्राहकहरुबीच लक्कि ड्र गरि प्रथमलाई यामाहा कम्पनीको फसिनो स्कुटर प्रदान गर्ने कम्पनीले जनाएको छ।
त्यसैगरि दोस्रोलाई ४२ इन्चको सामसङ टिभी, तेस्रो हुनेलाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने भएको छ । उक्त योजना असोज ७ गतेबाट मंसिर ७ गतेसम्म लागू हुने छ।
 
कम्पनीले दशैं तिहार बम्पर उपहार सँगै आफ्ना आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गरिरहेको छ । स्टकमा रहेका कतिपय मोबाइल ५० प्रतिशत सम्म छुट गरिरहेको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । 
 
 
कम्पनीले सान्त्वना पुरस्कारमा हुवावे, सामसुङ, ओप्पो, युएमआई, जियोनी, कलर्श, पानासोनिक, एलजी, सिजी, इन्टेक्स, एमआई, लेनेभो, सोनी, जेटइ, मिजु, माइक्रोसफ्ट मोबाइल कम्पनीका मोबाइल बितरण गरिने जनाएको छ। 
 
यो योजनामा सहभागी हुन ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्ड भिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ ।
 
सिटिसी मोबाइल बजारमा जारी मोबाइल एक्स्पोमा पनि यो अफर लागूहुने बताउँदै द वल्र्डभिजन प्रालिका प्रबन्ध निर्देशक संगम राइले मेलामा दिइएको विभिन्न अफरको अलावा आफ्नो आउटलेटबाट ग्राहकले अन्य छुट प्राप्त गर्न सक्ने जानकारी दिए । 

Tata
GBIME
Nepal Life