BIZMANDU
www.bizmandu.com

सस्तोमा दिँदा पनि साल्ट ट्रेडिङको चिनी बिक्री भएन, चार रुपैयाँका लागि उपभोक्ता भारतीय बजारमै

२०७३ असोज ९

विराटनगर। खुल्ला सिमानाका कारण साल्टट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट चिनी बिक्री हुन सकेको छैन ।

Tata
GBIME
Nepal Life

दसैँ–तिहारलाई मध्यनजर गरी कार्यालयले चिनीको मूल्य प्रतिकिलो ७९ रुपैयाँ निर्धारण गरेको तर सीमावर्ति बजार जोगवनीमा प्रतिकिलो ६५ रुपैयाँमा चिनी पाइने गरेकाले साल्टट्रेडिङका साथै बजारका चिनी व्यापारी मारमा परेका हुन् ।

साल्टट्रेडिङले दसैँ पर्व र तिहारको उपलक्ष्यमा सर्वसाधारण ग्राहकलाई सस्तोमा चिनी र नुन उपलब्ध गराउनका लागि असोज १  गतेदेखि कात्तिक १ गतेसम्म सुपथ पसल सञ्चालनमा ल्याएको हो ।

प्रत्येक ग्राहकलाई बढीमा ६ किलो चिनी र तीन किलो नुन उपलब्ध गराउने गरिएको सो कार्यालयको प्रमुख नवीनचन्द्र झाले जानकारी दिए । नुन प्रतिकिलोमा दुई रुपैया छुट गरी १६ रुपैयाँ  र चिनी प्रतिकिलो ७९ रुपैयाँका दरमा बिक्री दर निर्धारण गरिएको छ । नुनको बिक्री भने नियमित भइरहेको सो कार्यालयले जनाएको छ ।