BIZMANDU
www.bizmandu.com

विश्व बैंकका कन्ट्रि डाइरेक्टरले भेटे प्रधानमन्त्री, सडक निर्माण र उर्जामा देखाए असन्तुष्टि

२०७३ असोज ६

विश्व बैंकका कन्ट्रि डाइरेक्टरले भेटे प्रधानमन्त्री, सडक निर्माण र उर्जामा देखाए असन्तुष्टि
विश्व बैंकका कन्ट्रि डाइरेक्टरले भेटे प्रधानमन्त्री, सडक निर्माण र उर्जामा देखाए असन्तुष्टि

काठमाडौं‌ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग विश्व बै‍कका कन्ट्रि डाइरेक्टर क्विमिओ फानले भेटेर भूकम्प पछिको पुनर्निर्माण र पूर्वाधार विकासका बारेमा छलफल गरेका छन्। फानले भूकम्प पीडितलाई पहिलो किस्ता वितरणलाई सकारात्मक कदम भनेका छन् भने सडक तथा जलविद्युतका क्षेत्रमा भएको प्रगति थोरै भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
 
सरकारले चाहेमा विश्व बैंकले थप सहयोग दिने पनि उनले प्रधानमन्त्रीसँग बताए। भूकम्प पीडितलाई सरकारले दिने दुई लाख रुपैयाँ अनुदान सहयोगमा विश्व बैंकको सहयोग छ। पुनर्निर्माण प्राधिकरण मार्फत दिने आवास निर्माणमा दिने सहयोगलाई थप गति दिन पनि सरकारसँग आग्रह गरे।
 
उनले सडक तथा विद्युत आयोजनामा भएको प्रगतिमा भने असन्तुष्टि जनाएका छन्। विश्व बैंकले सडक निर्माणका लागि सहयोग उपलब्ध गराएको तर अपेक्षित काम नभएको भन्दै यस अघि पनि आलोचना गरिएको थियो। उर्जाका क्षेत्रमा सस्थागत र नीतिगत सुधार आवश्यक रहेको पनि फानले प्रधानमन्त्रीसँग बताए।
 
विश्व बैंकले नेपाललाई सन् २०१४ देखि २०१६ सम्मका लागि ८२ करोड अमेरिकी डलर सहायता रकम छुट्याएको छ।
 
प्रधानमन्त्रीले आर्थिक विकासका लागि सरकारले तय गरेका एजेण्डामा फानसँग छलफल गरेका थिए ।
 
फानले उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा र अर्थसचिव शान्तराज सुवेदीसँग पनि भेट गरेका छन् । 

Tata
GBIME
Nepal Life