BIZMANDU
www.bizmandu.com

कोरियामा नेपाली कामदारलाई सुविधा, पाँच वर्ष काम गर्न पाउने अधिकार

२०६९ साउन १

काठमाडौ । वैदेशिक रोजगारीका लागि आर्कषक गन्तब्य दक्षिण कोरियामा गएका  नेपाली कामदारले पाँच वर्ष काम गर्न पाउने भएका छन् । नेपाल र दक्षिण कोरियाबीच भएको श्रम सम्झौता नविकरणमा नेपाली कामदारले थप दुई वर्ष काम गर्न पाउने भएका हुन् ।
श्रम सम्झौता नविकरण भएपछि नेपाली कामदारले ४ वर्ष १० महिना काम गर्न पाउनेछन् । यसअघि नेपाली कामदारले ३ वर्ष मात्रै काम गर्न पाउने प्रावधान थियो । श्रम तथा रोजगारमन्त्री कुमार बेलवासे र कोरियाका रोजगार तथा श्रममन्त्री ली चियनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली(इपिएस) अनुसार झण्डै १४ हजार नेपाली कामदार त्यहाँ गइसकेका छन् । इपिइएस अन्तर्गत कोरिया जाँदा नेपाली कामदारले ७० हजार तिरेर मासिक झन्डै एक लाख कमाउन सक्छन् । थोरै रकममा बढी कमाई गर्न सकिने भएकोले नेपालीको आर्कषण बढी छ ।

Tata
GBIME
Nepal Life