BIZMANDU
www.bizmandu.com

इन्स्टाग्रामले ल्यायो ‘किओर्ड मोडरेसन टुल’, कमेन्ट फिल्टर हुने, नचाहिएकोलाई ब्लक गर्ने सुविधा

२०७३ असोज ५

इन्स्टाग्रामले ल्यायो ‘किओर्ड मोडरेसन टुल’, कमेन्ट फिल्टर हुने, नचाहिएकोलाई ब्लक गर्ने सुविधा
इन्स्टाग्रामले ल्यायो ‘किओर्ड मोडरेसन टुल’, कमेन्ट फिल्टर हुने, नचाहिएकोलाई ब्लक गर्ने सुविधा

काठमाडौं। सोसियल नेटवर्किङ साइट इन्टाग्रामले नयाँ फिचर थप गरेको छ। यो सँगै इन्टरनेटमा हुने  ट्रोल विरुद्ध इन्स्टाग्रामले महत्वपूर्ण कदम चालेको छ।

फेसबुकको फोटो सेयरिङ एप इन्स्टाग्रामले ‘किओर्ड मोडरेसन टुल’ को सुविधा ल्याएको छ, जसले भद्धा कमेन्टहरु आफै हटाइदिनेछ।

Tata
GBIME
Nepal Life

कुन शब्द, वा वाक्य आफुलाई मनपर्दैन सेटिङमा गई ‘कस्टम किओर्ड’ मा ती शब्द इन्ट्री गरेपछि सो शब्द उल्लेख गरि कसैले कमेन्ट गरे सो कमेन्ट देखिने छैन।

यो भन्दा अघि स्वाइप गरेर कमेन्ट डिलिट गर्ने सुविधा पनि कम्पनीले प्रयोगकर्तालाई दिएको थियो। यो नयाँ ‘किओर्ड मोडरेसन टुल’ पहिले ठूला ब्रान्ड अनि व्यावसायिक प्रयोगकर्ताको लागि मात्र उपलब्ध थियो। अब यो सुविधा सबै प्रयोगकर्ताले पाउने भएका हुन।

इन्स्टाग्रामले हालै आफ्नो अपडेटेड एपमा पिन्च एण्ड जुम फिचर पनि थपेको छ। यो सुविधासंगै इन्स्टाग्राममा तस्बिर र भिडियो पिन्च जुम गर्न सकिनेछ।

आईओएसमा मात्र रिलिज भएको यो फिचर छिट्टै एन्ड्रोइड एपमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। गत जुनमा इन्स्टाग्रामले आफ्नो सक्रिय प्रयोगकर्ता पाँचसय मिलियन नाघेको घोषणा गरेको थियो। 

एजेन्सीको सहयोगमा