BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको मोवाइल क्रयास्, देशभरका ७५ लाख मोवाइल दश मिनेटभन्दा बढी समय अवरुद्ध

२०६९ माघ १०

काठमाडौं । नेपाल टेलिकमको सिस्टम क्रयास भएपछि देशभरका ७५ लाखभन्दा बढी मोवाइल एकै पटक अवरुद्ध भए । झण्डै दश मिनेटभन्दा बढी समयपछि सुरुमा पोष्टपेड मोवाइलको सेवा सुचारु भएको थियो । प्रिपेड मोवाइलमा भने समस्या अझै छ ।
नेपाल टेलिकमका देशभर ८२ लाख २० हजार मोवाइल ग्राहक छन् । यसअघि एनसेलको सिस्टम पनि एक महिना अघि यसै गरी तीन घण्टाभन्दा बढी क्रयास भएको थियो । निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक एनसेलको सेवा राती तीन घन्टा ठप्प भएको थियो । तीन घन्टा सबै सेवा  अवरुद्ध भएपनि कम्पनीले भने कुनै सार्वजनिक जानकारी गराएका थिएन । ‘मोबाइलको सबै सेवा एकैचोटी क्र्यास भएको थियो । सबै बनाउन तीन घन्टा भन्दा बढी लाग्यो,’ कम्पनी उच्च स्रोतले भन्यो । कम्पनीले सेवा अवरुद्ध बारे सूचना वाहिर ‘लिक’ नगर्न समेत विशेष चासो राखेको थियो ।
‘८० लाख ग्राहकलाई मोबाइल सेवा बन्द भएको कारण बारे कुनै जानकारी नदिनु उपभोक्तामाथिको गम्भिर लापरवाही हो,’ नेपाल दूरसञ्चार प्राधिकरणका एक कर्मचारीले भने, ‘यसका बारेमा अनुसन्धान र कारवाही हुन जरुरी छ ।’ स्रोतका अनुसार सेवा बन्दको बारेमा सञ्चारमाध्यममा सूचना प्रकासित नहोस् भन्न सबै किसिमको सर्तकता अपनाइएको थियो । ‘तीन घन्टा सेवा अवरुद्ध भएको समाचार वाहिर गएमा कम्पनीको साख नै गुम्ने खतरा हुन्छ । त्यसैले यसलाई गोप्य राख्न सबै संयन्त्र प्रयोग गरिएको थियो,’ कम्पनीका ती कर्मचारीले भने ।

Tata
GBIME
Nepal Life