BIZMANDU
www.bizmandu.com

आँधीखोलाको क्षमता वृद्धिमा कर्मचारीको अवरोध, भत्ता तलवमा समायोजन नभएको भन्दै आन्दोलन

२०६९ माघ ९

काठमाडौं । कर्मचारी आन्दोलनका कारण बुटवल पावर कम्पनीले काम गरिरहेको आँधीखोला जलविद्युत आयोजनाको क्षमता विस्तारमा असर परेको छ । बुटवल पावर अन्र्तगतका कर्मचारीले स्याङ्जा गल्याङ्स्थित आँधीखोला जलविद्युत्गृहको क्षमता विस्तारको काम रोकेका हुन् । व्यवस्थापनले कर्मचारीको माग बेवास्ता गरेको भन्दै कर्मचारी युनियनले सोमबारबाट आँधीखोला जलविद्युत्गृहलाई ५.१ मेगावाटबाट क्षमता विस्तार गरी ९.४ मेगावाट पु¥याउने काममा अवरोध भएको छ । क्षमता विस्तारका लागि हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र चिनियाँ कम्पनी एपिपीले काम गरिरहेका थिए ।
कर्मचारी युनियनले व्यवस्थापनसँग भएको सम्झौताअनुसार साउन १ गतेदेखि लागु हुने गरी खाइपाइ आएको भत्तालाई तलबमा समायोजन गर्ने सहमति कार्यान्वयन नभएको बताएका छन् । आँधीखोला विद्युत्गृहमा १२० जना कर्मचारी कार्यरत छन् । कर्मचारीको आन्दोलनबाट दैनिक ग्राहक सेवा, नगद कारोबार, मिटर रिडिङ तथा रिपोर्टिङका काम पनि बन्द भएको छ ।

Tata
GBIME
Nepal Life