BIZMANDU
www.bizmandu.com

सुदूरपश्चिमका ६ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, चिनी प्रतिकेजी २१ रुपैयाँसम्म सस्तो

२०७३ असोज १

सुदूरपश्चिमका ६ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, चिनी प्रतिकेजी २१ रुपैयाँसम्म सस्तो
सुदूरपश्चिमका ६ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, चिनी प्रतिकेजी २१ रुपैयाँसम्म सस्तो

धनगढी । नजिकिँदै गएको चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुदूरपश्चिमका छ ठाउँमा शनिबार देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ।
 
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीले कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको भीमदत्तनगर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा खाद्यान्न वस्तुको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।
 
दुई वर्ष अघि राजधानीमा सञ्चालन भएको सुपथ मूल्य पसको तस्विर।  

Tata
GBIME

कर्पोरेसनको धनगढीस्थित कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले यी पसलबाट चिनी प्रतिकिलो ७९रुपैयाँ र आयोडिनयुक्त नुन प्रति पाकेट १६ रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको बताए।
 
सरकारको निर्णयअनुसार सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसलहरु आगामी कात्तिक २१ सम्म सञ्चालन गरिने छ।
 
सुपथ मूल्य पसल सञ्चालन भएसँगै तराईमा चिनीको हालको स्थानीय बजार मूल्य नियन्त्रण हुने र पहाडी जिल्लामा स्थानीय बजारको मूल्यभन्दा प्रतिकिलो ११ देखि २१ रुपैयाँसम्म कम मूल्य पर्नेछ।
 
भारतीय बजार क्षेत्रबाट भित्र्ने चिनी सुदूरपश्चिमका बजारमा खपत हुने गरेको छ। रासस