BIZMANDU
www.bizmandu.com

१० लाख राशीको रेडबुल फुटसल लिग हुने,उपत्यकाका १६ टिम सहभागि,उत्कृष्ट खेलाडीलाई पचास हजार रुपैया

२०७३ असोज १

१० लाख राशीको रेडबुल फुटसल लिग हुने,उपत्यकाका १६ टिम सहभागि,उत्कृष्ट खेलाडीलाई पचास हजार रुपैया
१० लाख राशीको रेडबुल फुटसल लिग हुने,उपत्यकाका १६ टिम सहभागि,उत्कृष्ट खेलाडीलाई पचास हजार रुपैया

काठमाडौं । युवामाझ लोकप्रिय फुटसललाई लक्षित गर्दै इनर्जी ड्रिंक्स रेडबुलले फुटसल लिग हुने भएको छ । रेडबुलले आमा इभेन्ट म्यानेजमेन्टको सहकार्यमा काठमाडौं उपत्यकाभित्र फुटसल लिग गर्न लागेको हो । 
फुटसलमा उत्कृष्ट हुने टिमले १० लाख रुपैयाँ पाउने कम्पनीले जनाएको छ । उत्कृष्ट खेलाडी र गोलरक्षकले पचास हजार रुपैयाँ पाउनेछ । यो लिगमा १६ टिमले सहभागिता जनाउनेछ । कम्पनीले शुक्रबार गरेको पत्रकार सम्मेलन अनुसार यो टिमलाई दुई भागमा विभाजन गरेर फुटसल खेलाइनेछ । 
 
प्रतियोगितामा सहभागी हुने टिमहरुमा आदर्श फुटसल, बानेश्वर रिक्रिस्नल सेन्टर, बीजी बर्दर्स, चउर रिक्रिस्नल सेन्टर, ढुकु फुटसल हव, हरिसिद्धि फुटसल, हाइ वे फुटसल, इम्पेरियल फुटसल, किक अफ फुटसल, किर्तिपुर फुटसल, कुमारी फुटसल, रजनी फुटसल, सामाखुशी फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र ह्वाइट हर्स फुटसल रहेका छन् ।रेडबुलले सहिद स्मारक ए डिभिजन लिग, रेडबुल बुढा सुब्बा कप, राष्ट्रिय लिग र विभिन्न क्लबहरुबीच खेलमा प्रायोजन गर्दै आएको छ । 

Tata
GBIME
Nepal Life