BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीको ट्विट, आजदेखि दैनिक दुई घण्टा लोडसेडिङ्ग घट्यो, यो वर्ष १२ घण्टाभन्दा नबढ्ने

२०६९ माघ ९

प्रधानमन्त्रीको ट्विट, आजदेखि दैनिक दुई घण्टा लोडसेडिङ्ग घट्यो, यो वर्ष १२ घण्टाभन्दा नबढ्ने
प्रधानमन्त्रीको ट्विट, आजदेखि दैनिक दुई घण्टा लोडसेडिङ्ग घट्यो, यो वर्ष १२ घण्टाभन्दा नबढ्ने

काठमाडौं । साता दिन अघि बढेको लोडसेडिङ्ग फिर्ता भएको छ । मंगलवारदेखि लोडसेडिङ्ग दैनिक दुई घण्टा कम भएको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा ट्विटेका छन् । उनले भनेका छन्, साथी हो, हामीले लोडसेडिङ्ग दुई घण्टा कम गरेका छौं, म प्रतिवद्धता व्यक्त गर्दछु, यो वर्ष दैनिक १०–१२ घण्टाभन्दा बढी लोडसेडिङ्ग हुनेछैन् ।
विद्युत प्राधिकरणले गत साता मात्रै लोडसेडिङ्ग दैनिक दुई घण्टाले वृद्धि गरेर १४ घण्टा पुर्याएको थियो । भारत बिहार सरकारले कटौती गरेको विद्युत सुचारु भएपछि र वर्षातका कारण पानीको मातामा सामान्य सुधार भएपछि लोडसेडिङ्ग दुई घण्टाले कटौती भएको हो ।

Tata
GBIME
Nepal Life