BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकका कार्ड होल्डरलाई गिताञ्जलीमा पाँच प्रतिशत छुट

२०६९ माघ ९

इन्भेष्टमेन्ट बैंकका कार्ड होल्डरलाई गिताञ्जलीमा पाँच प्रतिशत छुट
इन्भेष्टमेन्ट बैंकका कार्ड होल्डरलाई गिताञ्जलीमा पाँच प्रतिशत छुट

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका कार्ड होल्डरले गहना गृह गिताञ्जलीमा पाँच प्रतिशत छुट पाउने भएका छन् । यो सुविधा मार्च अन्तिम पाइने बैंकले जानकारी दिएको छ । सुन र हिराका गहनाका लागि भारतमा प्रख्यात गिताञ्जली समूहले काठमाडौंमा केही दिन अघि मात्रै आफ्नो आउटलेट खोलेको थियो । सुन र हिराका गहनाका लागि गिताञ्जली मल्टि ब्राण्ड स्टोर हो ।
यो स्टोरमा भारतका ख्यातीप्राप्त कम्पनीहरु प्रनीता, संगिनी, आस्मी, नक्षत्र, निजाम, गिली, अश्री र डिडमासका गहनाहरु खरिद गर्न सकिन्छ । गहनाका लागि काठमाडौंमा खोलिएको मल्टिब्राण्ड शोरुममा गिताञ्जली पहिलो हो ।
दरवारमार्गको क्यापिटोल मलमा मध्ये डिसेम्वरबाट गिताञ्जली शोरुम खोले पनि यसको औपचारिक उद्घाटन भने बल्ल गरिएको हो । नेपालमा उर्जा भेञ्चरले गिाञ्जली शोरुमको एक्लौटी अधिकार पाएको कम्पनीले जानकारी दिएको छ । शोरुममा एक्जोटिक र ग्लामरस हिराका गहना उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले छिट्टै २२ क्यारेट सुनका गहनाहरु पनि स्टोरमा उपलब्ध हुने जानकारी दिएको छ । यो शोरुम शनिवार पनि खुला रहने कम्पनीले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life