BIZMANDU
www.bizmandu.com

चितवनको शारदानगरमा मेगाको २२ औं शाखारहित बैंकिङ सेवा

२०६९ माघ ८

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सोमबार चितवनको शारदानगरमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । यो मेगाको २२ औं शाखारहित बैंकिङ सेवा हो । कार्यक्रममा मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख युवराज गुरागाईंले आर्थिक समावेशिताको माध्यमबाट गाउँ गाउँका जनतालाई सशक्तिकरण गर्ने लक्ष्य अनुरुप रुपन्देहीको गाउँसम्म सेवा विस्तार गरेको बताए । मेगा बैंकले यसै महिना रुपन्देहीको फर्साटिकर र दयानगर, बाँकेको सितापुर, कैलालीको चौमाला र दाङको रामपुरमा यो सेवा विस्तार गरेको छ । मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आगामी चैत मसान्तसम्म देशका ४५ वटा स्थानमा यो सेवा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए ।

Tata
GBIME
Nepal Life