BIZMANDU
www.bizmandu.com

सरकारले ६ सय ईन्जिनियरलाई जागिर खोल्यो, चालु वर्षका कार्यक्रम लागु गर्न चाहियो ईन्जिनियर

२०७३ भदौ २५

सरकारले ६ सय ईन्जिनियरलाई जागिर खोल्यो, चालु वर्षका कार्यक्रम लागु गर्न चाहियो ईन्जिनियर
सरकारले ६ सय ईन्जिनियरलाई जागिर खोल्यो, चालु वर्षका कार्यक्रम लागु गर्न चाहियो ईन्जिनियर

काठमाडौं । सरकारले ६ सय ईन्जिनियरलाई जागिर खोलेको छ। सहरी विकास तथा भवन निर्माण विभागले ईन्जिनियर, सब-ईन्जिनयर र असिस्टेन्ट सब-ईन्जिनियर भर्ना गर्न लागेको हो।
 
विभागले करारमा ईन्जिनियर, सब-ईन्जिनयर र असिस्टेन्ट सब-ईन्जिनियर गरेर कुल ५८४ जना भर्ना गर्ने जनाएको छ। विभागले शनिबार सूचना प्रकाशित गरेर जागिर खुलेको जनाएको हो।
 
करारमा जागिर खान पनि यी तीन वटै पदमा लिखित तथा मौखिक दुबै परीक्षा दिननुपर्ने छ। चालु आर्थिक वर्षमा सञ्चालन हुने परियोजनाका लागि करारमा ईन्जिनियर, सब-ईन्जिनियर र असिस्टेन्ट सब-ईन्जिनियर भर्ना गर्न लागेको विभागले जनाएको छ। जागिरका लागि १५ दिन भित्र आवेदन दिनु पर्नेछ।
 
विभागले ईन्जिनियर २१६ जना, सब-ईन्जिनियर २५८ जना र असिस्टेन्ट सब-ईन्जिनियर ११० जना मागेको हो।
 
हेर्नुस् यस्तो छ सूचना:
 
Vigo
GBIME
Tata