BIZMANDU
www.bizmandu.com

संगठित अपराध विरुद्धको ऐन बनाउन अन्तराष्ट्रिय दवाव, अर्को महिनासम्म बनाउन नेपाल प्रतिवद्ध

२०६९ माघ ७

संगठित अपराध विरुद्धको ऐन बनाउन अन्तराष्ट्रिय दवाव, अर्को महिनासम्म बनाउन नेपाल प्रतिवद्ध
संगठित अपराध विरुद्धको ऐन बनाउन अन्तराष्ट्रिय दवाव, अर्को महिनासम्म बनाउन नेपाल प्रतिवद्ध


काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादमा वित्तिय रोकथामका लागि अन्तराष्ट्रिय संगठन वित्तिय कारोवार सम्बन्धी कार्यदल (एफएटिएफ)ले डिसेम्बर २०१० भित्रै जारी गर्ने प्रतिवद्धता गरेको संगठित अपराध विरुद्धको ऐन हालसम्म जारी नभएकोमा नेपालसँग असन्तुष्टि व्यक्त गरेको छ ।
एशिया प्यासिफिक समूहले हङकङमा जनवरी १४ देखि १८ सम्म  आयोजना गरेको  फेस टु फेस कार्यव्रmममा नेपालले ऐन अध्यादेशका रुपमा राष्ट्रपति समक्ष सिफारिश भएको जानकारी दिएको थियो । नेपाली टोलीले यो अध्यादेश छिट्टै ऐनका रुपमा कार्यान्वयनमा आउने विश्वास समेत अन्तराष्ट्रिय समुदायलाई दिलाएको थियो ।
एफएटिएफले अर्को महिना फ्रान्सको पेरिसमा हुने प्लेनरी बैंठक अगावै ऐन जारी गर्न नेपाललाई आग्रह गरेको छ । बैठकमा नेपालले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पुनःसंरचना, नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईको कार्यगत स्वायत्तताका विषयमा जानकारी दिएको थियो ।
त्यसैगरी बीमा समिति तथा नेपाल धितोपत्र बोर्डले जारी गरेका निर्देशिकाहरुले समेत एशिया प्यासिफिक समूहका सदस्यहरुलाई नेपालको प्रगति बारेमा पनि जानकारी दिएको थियो ।
एशिया प्यासिफिक समुहको बैठकमा कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला सचिव भेषराज शर्माको नेतृत्वमा अर्थ सचिव शान्तराज सुवेदी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सूर्यप्रसाद आचार्य, अर्थका सहसचिव बैकुण्ठ अर्याल र राष्ट्र बैंकका सहायक निर्देशक हरिकुमार नेपालको टोली हङकङ गएको थियो ।

Tata
GBIME
Nepal Life