BIZMANDU
www.bizmandu.com

बालेनको भारत भ्रमणमा दिने भनिएको ५६ अर्ब अनुदानबाटै त्रिशूली र देवीघाट बनाउने योजना

२०८३ मंसिर १३

बालेनको भारत भ्रमणमा दिने भनिएको ५६ अर्ब अनुदानबाटै त्रिशूली र देवीघाट बनाउने योजना
बालेनको भारत भ्रमणमा दिने भनिएको ५६ अर्ब अनुदानबाटै त्रिशूली र देवीघाट बनाउने योजना

काठमाडौं। भारतले दिने भनिएको ५६ अर्ब अनुदानबाट त्रिशूली जलविद्युत आयोजना र देवीघाट जलविद्युत आयोजनाको पुनर्निर्माण गरिने भएको छ।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका बेलामा सहमति भएको ५६ अर्ब रुपैयाँमध्येबाट यी आयोजना पुनर्निर्माणका लागि खर्चिन लागिएको हो। ऊर्जा मन्त्रालय स्रोतका अनुसार अनुदानबाटै पुनर्निर्माण गर्न लागिएको जानकारी दिए।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त २४ मेगावाटको त्रिशूली र १४.१ मेगावाट क्षमताको देवीघाट भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएका आयोजनाहरु हुन्। भोटेकोशी बाढीबाट यो आयोजना ध्वस्त भएका छन्। नेपाल विद्युत प्राधिकरणले बाढीबाट ध्वस्त भएका आयोजना दाताको सहयोगबाट पुनर्निर्माण गर्ने जानकारी दिएको थियो।

प्राधिकरणले भारत भ्रमणअघि ऊर्जा मन्त्रालयमा दुई आयोजना पुनर्निर्माणका लागि प्रस्ताव पठाएको थियो। ऊर्जा मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा सहमति भएको १ खर्ब ८४ अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण पनि प्रसारणलाइन निर्माणमा खर्चिने भएको छ।

नेपालले यसअघि प्रसारणलाइन निर्माणका लागि भारतसँग सहुलियतपूर्ण ऋणकै प्रस्ताव गरेको थियो। त्यो प्रस्ताव ब्रेकथ्रु नभएपछि कतिपय आयोजना आफ्नै खर्चबाट बनाउन सुरु गरिसकेको थियो। मन्त्रालयका अनुसार बन्न सुरु भएका प्रसारणलाइनका आयोजना हटाएर नयाँमा ऋण उपयोग गरिनेछ।