काठमाडौं। ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक प्लाटिनम मेटल कार्ड (क्रेडिट) सार्वजनिक गरेको छ।
बैंकले काठमाडौंको गोकर्ण गल्फ क्लबमा दुई दिनसम्म चलेको ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल’मा प्लाटिनम मेटल कार्ड सार्वजनिक गरेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले कार्ड सार्वजनिक गरेका हुन्।
दुई दिनसम्म चलेको प्रतियोगितामा कुल १७५ जना गल्फर सहभागी भएका थिए।
