BIZMANDU
www.bizmandu.com

एसआइपीबाट लगानीकर्ता निराश, सेयर बजार र ब्याजदर घट्दा प्रतिफल पाउनै मुस्किल

२०८३ मंसिर १३

एसआइपीबाट लगानीकर्ता निराश, सेयर बजार र ब्याजदर घट्दा प्रतिफल पाउनै मुस्किल
एसआइपीबाट लगानीकर्ता निराश, सेयर बजार र ब्याजदर घट्दा प्रतिफल पाउनै मुस्किल

काठमाडौं। सामूहिक लगानी कोष (म्युचुअल फण्ड)ले सञ्चालन गरेका व्यवस्थित लगानी योजना(एसआइपी)मा लगानीकर्ताको आकर्षण बढिरहँदा प्रतिफल दर भने कमजोर देखिएको छ।

GBIME
Tata

सेयर बजार निरन्तर ओरालो लागेका कारण आम्दानी बढाउन नसक्दा फण्डहरुले लगानीकर्तालाई प्रतिफल वितरण गर्न सकिरहेका छैनन्।

प्रतिफल वितरण गरेका फण्डको पनि दर न्यून देखिएको छ। एसआइपी साना लगानीकर्ताका लागि दीर्घकालीन लगानीको उपकरण हो। लगानीकर्ताले मासिक, अर्धवार्षिक वा वार्षिक रुपमा एक दुई हजार गर्दै स-सानो रकम जम्मा गरेर कोषको इकाइ खरिद गर्छन्।

तर, कोषले लगानीको आकार अनुसार पर्फम गर्न नसक्दा प्रति इकाइ सम्पत्तिको मूल्य ओरालो लागेसँगै प्रतिफल कमजोर भएको हो।

एसआइपी योजनासँगै यसमा लगानीकर्ताको सहभागिता भने बढ्दै गएको छ। एनएमबि एस क्यापिटलले २०७७ मा एनआइबिएल सहभागिता फण्ड ल्याएकामा त्यसपछि बजारमा एकपछि अर्को एसआइपी आइरहेका छन्।

व्यवस्थापकले एकपछि अर्को योजना ल्याए पनि प्रतिफल भने न्यून छ। व्यवस्थापकहरु सेयर बजार घटेका कारण एसआइपीको पर्फमर्मेन्स कमजोर देखिएको बताउँछन्।

‘एसआइपीले बुल मार्केट क्यास गर्नै सकेनन्। बजार एउटै अंक वरिपरी घुमिरहेको धेरै भएको छ। हाम्रोमा एसआइपी सुरु भएपछि त्यो अवसर फण्डहरुले पाएका छैनन,’ एक क्यापिटलका म्युचुअल फण्ड प्रमुखले भने, ‘त्यसैले फण्डको पर्फर्मेन्स कमजोर भयो। बजार घट्दाको असर नै प्रतिफलमा परेको हो।’

म्युचुअल फण्डले सेयर बजार र बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै आएका छन्। सेयर बजारले २०७८ भदौको उचाइ अहिलेसम्म लिन सकेको छैन। नेप्से परिसूचक २०७८ भदौमा ३१९८ अंक पुगेकामा त्यसपछि ओरालो लागेको थियो।

बजारले कीर्तिमानी उचाइ लिनुअघि दुई वटा मात्रै एसआइपी योजना थिए। एनआइबिएल सहभागिता फण्ड २०७६ र एनआइसी एसिया डाइनामिक डेब्ट फण्ड २०७७ मा बजारमा आएका हुन्। यी दुई फण्डले औसतमा १५.२९ र ८.३१ प्रतिशत प्रतिफल वितरण गरेको देखिन्छ।

एसआइपीको नामयोजना व्यवस्थापकनिष्कासन सुरु मितिपछिल्लो न्याभ
प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमप्रभु क्यापिटल२/२३/२०८२१२.१७
माछापुच्छ्रे एसआइपी योजनामाछापुच्छ्रे क्यापिटल८/१४/२०८२११.७६
कुमारी सुनौलो लगानी योजनाकुमारी क्यापिटल१२/९/२०७९११.३४
सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमसिद्धार्थ क्यापिटल३/१६/२०७८११.१९
सानिमा फ्लेक्सी फण्डसानिमा क्यापिटल११/६/२०८११०.५१
एनआइबिएल सहभागिता फण्डएनआइएमबि एस क्यापिटल२/२९/२०७६१०.३५
नबिल फ्लेक्सी क्याप फण्डनबिल इन्भेष्टमेन्ट बैंकिङ७/२३/२०७९१०.३२
एनएमबी सरल बचत फण्ड-ईएनएमबि क्यापिटल५/१७/२०७८१०.२९
सिटिजन्स सदाबहार योजनासिटिजन्स क्यापिटल३/१३/२०८२१०.१४
शुभ लक्ष्मी कोषलक्ष्मी सनराइज क्यापिटल४/१९/२०७९१०.०६
एनआइसी एसिया डाइनामिक डेब्ट फण्डएनआइसी एसिया क्यापिटल८/१२/२०७७९.९६
एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किमएनआइएसी एसिया क्यापिटल४/२९/२०८२९.९४
एनआइ ३१नबिल इन्भेष्टमेन्ट बैंकिङ४/३०/२०८२१०.५५
गरिमा सुवर्ण योजनागरिमा क्यापिटल११/२८/२०८२९.९
स्रोत : योजना व्यवस्थापक

एसआइपी खुलामुखी लगानी योजना हुन्। खुलामुखी योजनाको कारोबार दोस्रो बजारमा नभइ क्यापिटलमार्फत नै हुने गरेको छ। न्याभ महँगो हुँदा इकाइ खरिद गरेका लगानीकर्ता भने प्रतिफल प्राप्त नहुँदा र न्याभ घट्दा दोहोरो दबाबमा परेको देखिन्छ।

बजारमा अहिले एनआइसी एसिया डाइनामिक डेब्ट फण्ड, एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम र गरिमा सुवर्ण योजनाको न्याभ अंकित मूल्यभन्दा कम छ। फण्डहरुले अंकित मूल्य प्रति इकाइ १० रुपैयाँ दरमा निष्कासन गरेकामा आधाभन्दा बढी एसआइपीको न्याभ त्यही वरिपरि छ।

बजारमा प्रभु सिस्टेमेटिक इन्भेष्टमेन्ट स्किमको न्याभ सबैभन्दा धेरै प्रति इकाइ १२.१७ रुपैयाँ छ। २०८२ मा इकाइ निष्कासन गरेको फण्डले प्रतिफल भने वितरण गरेको छैन।

सेयर बजार सूचक अहिले २६२८ अंकमा छ। बजार घट्दाको असर संस्थागत लगानीकर्ताका रुपमा रहेका म्युचुअल फण्डमा परेको व्यवस्थापकहरु बताउँछन्।

‘लगानीकर्ताका लागि एसआइपी दीर्घकालीन लगानीका उपकरण हुन्। आज लगानी गरेर १ वर्षमै प्रतिफल आइहाल्छ भन्ने यसमा कम हुन्छ। थोरै थोरै रकम लगानी गरिने भएकाले प्रतिफल प्राप्त गर्नका लागि कम्तिमा १०/१२ वर्ष कुर्नुपर्ने हुन्छ,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिषनारायण जोशीले भने, ‘हाम्रोमा फण्डहरु आएकै धेरै भएको छैन। बजारमा व्यवस्थापकका लागि पनि लगानीको मार्केट कम छ। हाम्रो वानवे मार्केट हो। फण्डहरु बढ्नु भनेको बजारका लागि संस्थागत लगानीकर्ता बढ्नु हो। हामीले बजारमा आज लगानी गरेर भोलि नै सेयर बिक्री गर्ने भन्ने हुँदैन। यसले बजारलाई स्टेबल बनाइराख्छ।’

एसआइपीको प्रतिफल दर प्रतिशतमा

म्युचुअल फण्डको नाम२०७६/७७२०७७/७८२०७८/७९२०७९/८०२०८०/८१२०८१/८२२०८२/८३
प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम८.२५५०७.२४–७–
माछापुच्छ्रे एसआइपी योजना––––५९–
कुमारी सुनौलो लगानी योजना–१०६१०१०५.५५–
सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम–––––––
सानिमा फ्लेक्सी फण्ड–––––४.२७५.२५
एनआइबिएल सहभागिता फण्ड–––––८३
नबिल फ्लेक्सी क्याप फण्ड––––१०.५८.८८४.७
एनआइ ३१–––––––
एनएमबी सरल बचत फण्ड-ई–––––१६–
सिटिजन्स सदाबहार योजना–––––––
शुभ लक्ष्मी कोष–––––––
एनआइसी एसिया डाइनामिक डेब्ट फण्ड–––––––
एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम––––––
गरिमा सुवर्ण योजना––––––
स्रोत : योजना व्यवस्थापक

संस्थागत लगानीकर्ताले ब्याजदर निरन्तर घटेर २.७५ प्रतिशतमा आएका कारण बैंकको मुद्दतीमा लगानी शून्य बनाएका छन्। बैंकको ऋण प्रवाह सुस्त हुँदा तरलता थुप्रिएको छ। उच्च तरलताका कारण ब्याजदर न्यून अंकमा आएकाले फण्डहरुले मुद्यतीमा लगानी शून्य बनाएका हुन्।

फण्डका लागि लगानीको महत्वपूर्ण उपकरण मानिएका सेयर बजार र मुद्दती निक्षेप जस्ता उपकरणको प्रतिफल घट्दा इकाइधनीलाई प्रतिफल वितरण गर्न नसकिएको व्यस्थापकहरुको जवाफ छ।