BIZMANDU
www.bizmandu.com

गरिमा विकास बैंक साफाबाट सम्मानित, वित्तीय सेवा क्षेत्रमा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

२०८३ मंसिर १३

गरिमा विकास बैंक साफाबाट सम्मानित, वित्तीय सेवा क्षेत्रमा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड
गरिमा विकास बैंक साफाबाट सम्मानित, वित्तीय सेवा क्षेत्रमा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

काठमाडौं। गरिमा विकास बैंक दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा)बाट सम्मानित भएको छ। बैंक वित्तीय सेवा क्षेत्र विधामा ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको हो।

GBIME
Tata

बंगलादेशको ढाकामा शनिबार आयोजित कार्यक्रममा आफू साफाबाट सम्मानित भएको बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

साफाले लेखा तथा वित्तीय प्रतिवेदनको गुणस्तर अभिवृद्धि, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा व्यावसायिक उत्कृष्टता प्रवर्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ।

साफाबाट प्राप्त सम्मानले आफ्नो वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, संस्थागत सुशासन तथा जवाफदेहिताप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।