BIZMANDU
www.bizmandu.com

कांग्रेसको जिल्ला अधिवेशन मौसमका कारण फरक फरक मितिमा, प्रदेशमा पनि एकैदिन नहुने

२०८३ मंसिर १३

काठमाडौं। नेपाली कांग्रेसको जिल्ला अधिवेशन मौसमका कारण फरक फरक मितिमा हुने भएको छ। कांग्रेस सभापति गगन थापाले जिल्ला अधिवेशन मंसिर अन्तिम र पुस पहिलो साता गर्ने बताएका छन्।

GBIME
Tata

उनले आइतबार पार्टी कार्यालयबाट ‘हामी तयार छौं’ अभियान सुरु गर्दै हिमपात हुने हिमाली र पहाडी जिल्लामा मंसिर २४ र २५ तथा बाँकी जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने बताए।

उनका अनुसार प्रदेश अधिवेशन पनि फरक फरक मितिमा हुने भएको छ। गगनले प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म गर्ने बताए। ‘प्रदेश अधिवेशन पनि एकै मितिमा हुँदैन किन भने त्यहाँ हामी पनि जानुपर्नेछ,’ उनले भने।