BIZMANDU
www.bizmandu.com

नेपाल लाइफ इन्स्योरेन्स सम्मानित, साफाबाट पायो ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

२०८३ मंसिर १३

नेपाल लाइफ इन्स्योरेन्स सम्मानित, साफाबाट पायो ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड
नेपाल लाइफ इन्स्योरेन्स सम्मानित, साफाबाट पायो ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले वित्तीय पारदर्शिता तथा संस्थागत सुशासनका क्षेत्रमा महत्वपूर्ण अन्तर्राष्ट्रिय अवार्ड पाएको छ।

GBIME
Tata

इन्स्योरेन्सले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)बाट ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको छ। यस्तो अवार्ड पाउने आफू नेपालकै पहिलो जीवन बीमा कम्पनी भएको नेपाल लाइफले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

साफाले शनिबार बंगलादेशमा एक समारोहबीच नेपाल लाइफलाई अवार्ड प्रदान गरेको हो। अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले ग्रहण गरेका थिए।

यसअघि यन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट नेसनल बेस्ट प्रिजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अन्तर्गत ‘गोल्ड अवार्ड’ प्राप्त गरेको थियो। कम्पनीले आइक्यानको सिफारिस र वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा साफाबाट ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको हो।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान नेपाल लाइफको मात्र नभई समग्र नेपाली जीवन बीमा क्षेत्रकै लागि गौरवको विषय भएको बताए। ‘पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत सुशासनप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताको प्रतिफलका रूपमा हामीले यस उपलब्धिलाई लिएका छौं। यस सम्मानले हामीलाई थप जिम्मेवार, उत्तरदायी र उत्कृष्ट बन्न प्रेरित गरेको छ,’ उनले भने।