BIZMANDU
www.bizmandu.com

एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने

२०८३ मंसिर १२

एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने

काठमाडौं। सरकारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए-नेपाल) अन्तर्गत संचालन भइरहेका परियोजनाको समयसीमा १ वर्ष बढाउने निर्णय गरेको छ।

GBIME
Tata

यो अवधि थप्दा सरकारलाई अतिरिक्त आर्थिक भार नपर्ने जनाइएको छ। परियोजनाको वास्तविक कार्यान्वयन अवधि भने ५ वर्ष नै रहनेछ।

सरकारले गरेको निर्णयबारे अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई जानकारी दिन अर्थ मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। केही साताअघि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो।

यसअघि नै एमसीए-नेपालले परियोजनाको समय थप्न सरकारसँग आग्रह गरेको थियो। गत मे महिनामा उसले नेपाल सरकारमार्फत एमसीसीलाई पत्र पठाएको थियो। उक्त पत्रमा ७४ करोड ७० लाख अमेरिकी डलर बराबरको कम्प्याक्ट सम्झौताको अवधि बढाउन अनुरोध गरिएको थियो।

एमसीसीको सहयोगमा नेपालमा दुईवटा मुख्य परियोजना अघि बढिरहेका छन्। पहिलो परियोजनाअन्तर्गत ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण हुँदैछ।

अर्को परियोजनामा पूर्व-पश्चिम महेन्द्र राजमार्गको एउटा खण्ड स्तरोन्नति गर्ने काम समावेश छ।

सरकारले गरेको समय थपसम्बन्धी प्रस्ताव अब एमसीसीको बोर्डमा प्रस्तुत हुनेछ। एमसीसीको वेबसाइटमा उल्लेख भएअनुसार बोर्डको अर्को बैठक डिसेम्बर ८ मा बस्नेछ।