BIZMANDU
www.bizmandu.com

विश्वकप क्वालिफायर प्लेअफका लागि नेपाली टोलीको घोषणा, सोमपाल छैनन्, यस्तो छ टोली

२०८३ मंसिर १२

विश्वकप क्वालिफायर प्लेअफका लागि नेपाली टोलीको घोषणा, सोमपाल छैनन्, यस्तो छ टोली
BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

GBIME
Tata

टोलीमा एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका राशिद खान र अभिशेष गौतमले स्थान बनाउँदा नेपाली टोलीका अनुभवी खेलाडी सोमपाल कामी छैनन्। यसअघि राइजिङ स्टार्स एसिया कपमा पनि उनी चोटका कारण थिएनन्।

८ टोली सहभागि प्लेअफ काठमाडौंमै हुँदैछन्। यसका लागि केही टोली काठमाडौं आइसकेका छन्। यो प्रतियोगितामा शीर्षचारमा पर्न सके नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), आशिफ सेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रसिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरि, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी र अभिशेष गौतम