BIZMANDU
www.bizmandu.com

गृहद्वारा ६ जिल्लाका सिडिओ सरुवा, अध्यागमनका डीजी तिवारी पुगे विपद् व्यवस्थापनमा

२०८३ मंसिर १२

गृहद्वारा ६ जिल्लाका सिडिओ सरुवा, अध्यागमनका डीजी तिवारी पुगे विपद् व्यवस्थापनमा
गृहद्वारा ६ जिल्लाका सिडिओ सरुवा, अध्यागमनका डीजी तिवारी पुगे विपद् व्यवस्थापनमा

काठमाडौं। गृहमन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छI गृहमन्त्रालयले शुक्रबार नौ जना सहसचिवको सरुवा तथा पदस्थापन गर्दा ६ जिल्लाका प्रजिअ फेरिएका हुन्।

GBIME
Tata

प्रजिअ फेरिएका जिल्लामा पर्सा, सिन्धुपाल्चोक रामेछाप, दैलेख, महोत्तरी, प्यूठान छन्। गृहमन्त्रालयमा रहेका सहसचिव एकदेव अधिकारीलाई पर्सामा पठाइएको छ। त्यहाँ कार्यरत सहसचिव भोला दाहाललाई गृह तानिएको छ।

सिन्धुपाल्चोक दीपक लामिछाने, प्यूठान शिवप्रसाद रेग्मी र दैलेखमा वीरेन्द्र कुमार मिश्रलाई पठाइएको छ।

त्यस्तै अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीको सरुवा गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लागिएको छ। अध्यागमनमा शशिधर घिमिरेलाई ल्याइएको छ। उनी सिन्धुपाल्चोकका सिडिओ थिए।

गीताकुमारी हुमागाईलाई रामेछापको सिडिओमा पदस्थापना गरिएको छ। सहसचिव विमलप्रसाद बराललाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ। सरुवा तथा पदस्थापनका लागि मन्त्रालयले शुक्रबार निर्णय भएको जनाएको छ।