BIZMANDU
www.bizmandu.com

इन्गेजमेन्टकै दिन विराटनगर पुगेका गृहमन्त्री गुरुङ मध्यरातसम्म स्कुटर चढेर सीमा क्षेत्र निरीक्षणमा

२०८३ मंसिर १२

इन्गेजमेन्टकै दिन विराटनगर पुगेका गृहमन्त्री गुरुङ मध्यरातसम्म स्कुटर चढेर सीमा क्षेत्र निरीक्षणमा
इन्गेजमेन्टकै दिन विराटनगर पुगेका गृहमन्त्री गुरुङ मध्यरातसम्म स्कुटर चढेर सीमा क्षेत्र निरीक्षणमा

विराटनगर। आफ्नो विवाहको इन्गेजमेन्टकै दिन पारेर शुक्रबार बेलुकी ७ बजे अचानक विराटनगर विमानस्थलमा अवतरण गरेका गृहमन्त्री सुधन गुरुङले राति नै स्कुटर चढेर सीमानाकाको अवलोकन गरेका छन्।

GBIME
Tata

प्रहरी स्रोतका अनुसार उनी शुक्रबार मध्यरातसम्म सीमानाकाको निरीक्षणमा थिए। आज (शनिबार) उनको जिल्ला प्रशासन कार्यालय र मोरङ कारागार जाने कार्यक्रम छ। जिल्ला प्रशासनका एक अधिकारीले ‘मन्त्रीज्यू आउने खबरले कार्यालयमा सबै कर्मचारी र अधिकृत पर्खिएर बसेको’ बताए।

ती अधिकारीले मन्त्री गुरुङले कुनै समय नदिएको उल्लेख गरे। ‘आफ्ना गार्डलाई मात्र लिएर राति साढे ८ देखि मध्यरातसम्म स्कुटीमा घुम्नुभयो। कहाँ जानुभयो हामीले बुझ्न सकेनौँ। अहिले पनि उहाँ आउने भन्ने सुनेर सबै जम्मा भएर बसेका छौँ। उहाँको समयबारे हामीलाई केही थाहा हुँदैन। गाडीमा बसेर उहाँले यहाँ जाने भनेपछि मात्र बुझ्न सकिन्छ,’ उनले भने।

प्रहरी स्रोतका अनुसार मन्त्री गुरुङ आज दिनभर मोरङमा सक्रिय भएर भोलि सुनसरी जाने कार्यक्रम छ। उनी भोलि काठमाडौं फर्कने सम्भावना छ तर निश्चित होइन। उनले फर्कने कुनै समयको जानकारी मातहतमा दिएका छैनन्।

विराटनगरका नाम चलेका एक चार्टर्ड एकाउन्टेन्ट पीयूष लुनियाँको गाडीले तस्करीका कस्मेटिक सामग्री भारतीय सीमावर्ती बजार जोगबनीबाट ल्याएको घटनाले गृहमन्त्री विराटनगरको सीमा कारोबारप्रति गम्भीर भएको एक प्रहरी अधिकारीले बताए। लुनियाँको गाडी सशस्त्र प्रहरीले पक्राउ गरेर विराटनगर भन्सारमा बुझाएको छ।

भन्सारले चालकलाई २ लाख धरौटीमा छाडेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ। लुनियाँकी श्रीमतीको विराटनगरमा कस्मेटिक पसल छ।