BIZMANDU
www.bizmandu.com

बैंकिङ सुधार र दिगो वित्तको अभ्यासमा योगदान पुर्‍याएका पौडेल बैंकर्स संघद्वारा सम्मानित

२०८३ मंसिर १२

बैंकिङ सुधार र दिगो वित्तको अभ्यासमा योगदान पुर्‍याएका पौडेल बैंकर्स संघद्वारा सम्मानित
बैंकिङ सुधार र दिगो वित्तको अभ्यासमा योगदान पुर्‍याएका पौडेल बैंकर्स संघद्वारा सम्मानित

काठमाडौं । बैंकर उपेन्द्र पौडेललाई सम्मानित भएका छन्। नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल बैंकर्स संघले सम्मान गरेको हो।

GBIME
Tata

पौडेलले नेपाल बैंकर्स संघको अध्यक्ष, नबिल बैंक लिमिटेडको अध्यक्ष, एनएमबि बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधि लगायतका नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन्।

नेपालको बैंकिङ क्षेत्रमा सन् १९८० को दशकमा सुरु भएको उदारीकरण प्रक्रियादेखि नै सक्रिय रहँदै आएका पौडेलले परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको संघले जनाएको छ।

उनको व्यावसायिक दक्षता, व्यवस्थापकीय क्षमता, दूरदर्शिता र नवीन सोचले नेपालको बैंकिङ प्रणालीलाई सुदृढ, प्रतिस्पर्धी, पारदर्शी र दिगो बनाउन भूमिका खेलेको संघको भनाइ छ। उनलाई शुक्रबार संघको वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित समारोहमा सम्मान गरिएको हो।

बैंकिङ क्षेत्रलाई परम्परागत वित्तीय कारोबारमा मात्र सीमित नराखी मूल्यमा आधारित बैंकिङ, दिगो वित्त, जिम्मेवार लगानी र वित्तीय समावेशिताको अवधारणालाई स्थापित गर्न पौडेलले योगदान पुर्‍याएको सम्मानपत्रमा उल्लेख छ। नेपाल बैंकर्स संघको नेतृत्वमा रहँदा बैंकिङ क्षेत्रको सामूहिक हित, संस्थागत एकता र नीतिगत सुधारका लागि उनले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको संघले जनाएको छ।