BIZMANDU
www.bizmandu.com

सानिमा बैंकमा सर्जुकुमार थापा नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा, निरज बने सहायक सीइओ

२०८३ मंसिर ११

सानिमा बैंकमा सर्जुकुमार थापा नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा, निरज बने सहायक सीइओ
सानिमा बैंकमा सर्जुकुमार थापा नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा, निरज बने सहायक सीइओ

काठमाडौं। सानिमा बैंकले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ।

GBIME
Tata

बैंकको सञ्चालक समितिको बैठकले सर्जु कुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो।

थापा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा कार्यरत छन्। उनले बीचमा करिब १० वर्ष माछापुच्छ्रे बैंकमा काम गरे। पछिल्लो दुई वर्षदेखि उनी सानिमा बैंकमा नै कार्यरत छन्।

त्यसैगरी, निरज ढकाल सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन्। ढकाल सानिमा बैंकमा स्थापनाकालदेखि नै आबद्ध छन्।