BIZMANDU
www.bizmandu.com

नेपाल पुनर्बीमा कम्पनीमा सरकारले यो वर्ष १ अर्ब लगानी गर्ने, १६.९१% हकप्रद सेयर प्रस्ताव

२०८३ मंसिर ११

नेपाल पुनर्बीमा कम्पनीमा सरकारले यो वर्ष १ अर्ब लगानी गर्ने, १६.९१% हकप्रद सेयर प्रस्ताव
नेपाल पुनर्बीमा कम्पनीमा सरकारले यो वर्ष १ अर्ब लगानी गर्ने, १६.९१% हकप्रद सेयर प्रस्ताव

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले चुक्ता पुँजीको १६.९१ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

GBIME
Tata

कम्पनीको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले १६.९१ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृतिका लागि १०औं वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको छ।

चालु आर्थिक वर्ष सरकारले एक अर्ब रुपैयाँ लगानी गर्ने भएपछि कम्पनीको सञ्चालक समितिले १६.९१ प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको हो।

कम्पनीमा सरकारको ४४.०३ प्रतिशत सेयर स्वामित्व छ। कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउने प्रयोजनका लागि सरकारको सेयर स्वामित्व नघट्ने गरी हकप्रद सेयरमा लगानी गर्न कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई स्वीकृति दिएको थियो।

कम्पनीको चुक्ता पुँजी हाल १३ अर्ब ४२ करोड रुपैयाँ छ।

कम्पनीले पुस ६ गते साधारण सभा बोलाएको छ। त्यसका लागि मंसिर २४ गते बुक क्लोज गरिने भएको छ।