BIZMANDU
www.bizmandu.com

रवि र बालेनबीच बूढानीलकण्ठमा ५ घण्टा वार्ता, के विषयमा भयो यति लामो कुरा?

२०८३ मंसिर १०

रवि र बालेनबीच बूढानीलकण्ठमा ५ घण्टा वार्ता, के विषयमा भयो यति लामो कुरा?
रवि र बालेनबीच बूढानीलकण्ठमा ५ घण्टा वार्ता, के विषयमा भयो यति लामो कुरा?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच ५ घण्टा लामो वार्ता भएको छ।

GBIME
Tata

प्रधानमन्त्री बालेनले बिहीबार अपराह्न बूढानीलकण्ठस्थित रवि निवास पुगेर पाँच घण्टा लामो कुरा गरेका हुन्। बालेन अपराह्न १ बजे रवि निवास पुगेकामा साँझ ६ बजे निस्किएका थिए।

रविका स्वकीय सचिव अविनाश आचार्यका अनुसार बालेनले रविलाई सुरुमा भारत भ्रमणबारे जानकारी गराएका थिए। प्रधानमन्त्री बालेन मंसिर ६ गते भारतको राजकीय भ्रमणमा गएकामा भोलिपल्ट साँझ फर्किएका थिए।

भेटमा आगामी निर्वाचन र त्यसको तयारी, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री र सरकारका कामकारबाही तथा अध्यादेश र आगामी संसद् अधिवेशनका बारेमा पनि कुराकानी भएको अविनाशले जानकारी दिए।