काठमाडौं। ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ प्रतियोगिता गर्ने भएको छ। बैंकको आयोजनामा यही मंसिर १२ र १३ गते ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ’ प्रतियोगिता हुने भएको हो।
काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा सञ्चालन हुने प्रतियोगिता खेलप्रेमीहरुका लागि खेल, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव हुने बैंकको विश्वास छ।
प्रतियोगितामा होल इन वानलाई आधुनिक स्कोडा एसयूभी गाडी राखिएको छ। अन्य विधाका विजेताले चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज पुरस्कार पाउनेछन्।
प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लू र बाराहसिंघेको समेत साथ रहेको बैंकले जनाएको छ।
खेलकुद संस्कृति प्रवर्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बैंकले पठाएको प्रेस नोटमा उल्लेख छ।