BIZMANDU
www.bizmandu.com

बैंकहरुलाई लागत घटाउने स्पेस नहुँदा बेसरेट तल आउने क्रम सुस्त, कुनको कति?

२०८३ मंसिर १०

बैंकहरुलाई लागत घटाउने स्पेस नहुँदा बेसरेट तल आउने क्रम सुस्त, कुनको कति?
बैंकहरुलाई लागत घटाउने स्पेस नहुँदा बेसरेट तल आउने क्रम सुस्त, कुनको कति?

काठमाडौं। बैंकहरुको लागत घटाउने स्पेस संकुचित हुँदा बेसरेट तल आउने क्रम सुस्ताएको छ। तीन वर्षदेखि घटाउँदै आएको निक्षेपको ब्याजदर न्यून विन्दुमा झरेपछि बैंकहरुलाई लागत घटाउने स्पेस नहुँदा बेसरेट घट्ने क्रम सुस्त भएको हो।

GBIME
Tata

पछिल्लो तीन महिनामा वाणिज्य बैंकहरुको औसत बेसरेट ४.६८ प्रतिशत छ। यो असोज, कात्तिक र मंसिर महिनाको औसत विन्दु हो। बैंकहरुले पछिल्लो तीन महिनाको औसत आधार दरमा प्रिमियम जोडेर मंसिर महिनाका लागि कर्जाको ब्याजदर तय गरेका छन्।

साउन, भदौ र असोजको औसत बेसरेट ४.६९ प्रतिशत थियो। बैंकहरुलाई लागत घटाउने स्पेस नहुँदा बेसरेट दुई महिनामा ०.०१ प्रतिशत विन्दुले घटेको हो।

राष्ट्रिय वाणिज्य बैंकको बेसरेट सबैभन्दा कम ३.८५ प्रतिशत छ। यस्तै एनआइसी एसिया बैंकको सबैभन्दा धेरै ५.५१ प्रतिशत छ।

कुन बैंकको बेसरेट कति?

वाणिज्य बैंकपछिल्लो तीन महिनाको औसत बेसरेट
राष्ट्रिय वाणिज्य३.८५
स्टान्डर्ड चार्टर्ड३.९७
एभरेष्ट४.१९
नबिल४.३३
नेपाल४.३४
नेपाल इन्भेष्टमेन्ट मेगा४.४२
ग्लोबल आइएमई४.७५
कृषि विकास४.५९
सानिमा४.५९
माछापुच्छ्रे४.९४
सिद्धार्थ४.८७
प्राइम४.८२
प्रभु४.९५
लक्ष्मी सनराइज४.८९
एनएमबि४.८७
सिटिजन्स४.८५
कुमारी४.८३
नेपाल एसबिआई५.०५
हिमालयन४.९९
एनआइसी एसिया५.५१
स्रोत : बैंकहरुको वेबसाइट