BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : यी प्रदेशका केही क्षेत्रमा दिउँसो आंशिक बदली रहने

२०८३ मंसिर १०

आजको मौसम पूर्वानुमान : यी प्रदेशका केही क्षेत्रमा दिउँसो आंशिक बदली रहने
आजको मौसम पूर्वानुमान : यी प्रदेशका केही क्षेत्रमा दिउँसो आंशिक बदली रहने

काठमाडौं। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

GBIME
Tata

महाशाखाका अनुसार बाँके, दाङ लगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा छ।

बिहीबार दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

बिहीबार राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ।

महाशाखाका अनुसार शुक्रबार बिहान उपत्यका र खोँचका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।