काठमाडौं। मुक्तिनाथ विकास बैंकका ग्राहक र कर्मचारीले पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालमा छुट पाउने भएका छन्।
बैंकका ग्राहक र कर्मचारीले अस्पतालका सेवामा १० देखि २० प्रतिशसम्म छुट पाउने भएका हुन्। यस सम्बन्धमा बैंकले अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार छुट पाउनका लागि बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।
अस्पतालका कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई आफूले न्यूनतम ब्याजदरमा प्रोफेसनल लोन, होम लोन, अटो लोन र व्यावसायिक कर्जा उपलब्ध गराउने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।