काठमाडौं। नबिल बैंकले भिसा इन्टरनेसनलबाट दुई विधामा अवार्ड पाएको छ। बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस इसुइङ’ र ‘एक्सिलेन्स इन इ-कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड पाएको हो।
भिसा यन्टरनेसनलले काठमाडौंमा आयोजित भिसा लिडरसिप कन्क्लेभमा बैंकका प्रतिनिधिलाई अवार्ड प्रदान गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले अवार्डले ग्राहकको सुविधालाई ध्यानमा राखी निरन्तर नवीनता र नवप्रवर्तनलाई आत्मसात् गर्न थप उर्जा प्राप्त भएको बताए। ‘हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,’ उनले भने।