BIZMANDU
www.bizmandu.com

दानबहादुर कार्कीको रिट निवेदनमा सकियो दुवै पक्षको बहस, सर्वोच्चबाट के आउला आदेश?

२०८३ मंसिर ९

दानबहादुर कार्कीको रिट निवेदनमा सकियो दुवै पक्षको बहस, सर्वोच्चबाट के आउला आदेश?
दानबहादुर कार्कीको रिट निवेदनमा सकियो दुवै पक्षको बहस, सर्वोच्चबाट के आउला आदेश?

काठमाडौं। पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा बहस सकिएको छ।

GBIME
Tata

सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा दुबै पक्षको बहस सकिएको हो। सुरुमा कार्की पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुले कार्कीलाई महानिरीक्षकको रुपमा काममा फर्काउन अन्तिरम आदेश माग गरे।

त्यसपछि महान्यायाधिवक्ता नारायण कँडेलले सरकारको पक्षमा बहस गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयको प्रतिरक्षा गरे।

उनले सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर कार्कीलाई पुरस्कृत गरेको दाबी गर्दै अन्तरिम आदेश नदिन नहुने बताए।

त्यसपछि पुनः कार्की पक्षका कानुन व्यवसायीले पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको नजिर पेस गर्दै कार्कीको पक्षमा अन्तरिम आदेश माग गरे। बहस सकिएसँगै न्यायाधीशहरु निर्णय लेख्नतिर लागेका छन्।

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहारी महानिरीक्षकबाट हटाएर उनको ठाउँमा डा. मनोज केसीलाई बढुवा गरेको थियो।