काठमाडौं। लप्सीफेदी-रातमाटे-न्यू हेटौंडा ४०० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण कार्य सुरु भएको छ। एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले बुधबार सिन्धुपाल्चोकबाट प्रसारण लाइन निर्माण सुरु गरेको हो।
परियोजना अन्तर्गत निर्माण हुने कुल ३१५ किलोमिटर लामो प्रसारण लाइनमध्ये यो ११७ किलोमिटरको हुनेछ।

यो प्रसारण लाइनले लप्सीफेदी, रातमाटे र न्यू हेटौंडा सबस्टेसनलाई आपसमा जोड्नेछ। आयोजनाका अनुसार प्रसारण लाइनका लागि काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुरमा कुल ३०३ वटा प्रसारण टावर निर्माण गरिनेछ।

प्रसारण लाइन निर्माण सम्पन्न भएपश्चात् आन्तरिक ऊर्जा सुरक्षा थप सबल हुने अपेक्षा गरिएको छ।