BIZMANDU
www.bizmandu.com

नेप्से ८.७० अंकले बढ्दा सेयर बजारबाट धेरै कमाउनेमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता

२०८३ मंसिर ९

नेप्से ८.७० अंकले बढ्दा सेयर बजारबाट धेरै कमाउनेमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता
नेप्से ८.७० अंकले बढ्दा सेयर बजारबाट धेरै कमाउनेमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता

काठमाडौं। सेयर बजार सूचक लगातार तेस्रो दिन उकालो लागेको छ। नेप्से परिसूचक बुधबार ८.७० अंकले बढेर २६४७.६५ विन्दुमा पुगेको हो।

GBIME
Tata

होटल, लघुवित्त र उत्पादनमूलक बाहेकका उपसमूहले नेप्से बढाएका हुन्। लगानीकर्ताको रोजाइमा वाणिज्य बैंक परेका छन्। १९ मध्ये १४ वटा बैंकको सेयर मूल्य बढेको छ।

बजारमा ६ अर्ब १४ करोड ६० लाख रुपैयाँको सेयर किनबेच हुँदा सबैभन्दा धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा ४ वटा बैंक छन्।

१७० कम्पनीका लगानीकर्ताले कमाएका छन्। धेरै कमाउनेमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य १०.९८ प्रतिशले उकालो लागेर प्रति कित्ता ६७७ रुपैयाँ पुगेको छ।

१०१ कम्पनीको सेयर मूल्य घटेको छ। सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ३.३० प्रतिशतले ओरालो लागेको छ।