BIZMANDU
www.bizmandu.com

सुनचाँदीको आयातमा ठूलो गिरावट, चार महिनामा सुन २११ किलो भित्रियो, चाँदी कति?

२०८३ मंसिर ९

सुनचाँदीको आयातमा ठूलो गिरावट, चार महिनामा सुन २११ किलो भित्रियो, चाँदी कति?
सुनचाँदीको आयातमा ठूलो गिरावट, चार महिनामा सुन २११ किलो भित्रियो, चाँदी कति?

काठमाडौं। चालु आर्थिक वर्ष सुनचाँदीको आयात ७७ प्रतिशतले घटेको छ।

GBIME
Tata

भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म ४ अर्ब २२ करोड रुपैयाँको २११ केजी सुन आयात भएको छ। गत वर्ष सोही अवधिमा १५ अर्ब ७२ करोड रुपैयाँको ९०२ केजी सुन आयात भएको तथ्यांक छ। 

त्यस्तै, चाँदीको आयात पनि ३१ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षमा चार महिनामा २ अर्ब ४१ करोडको ८ हजार ९५५ केजी चाँदी आयात भएको छ। गत वर्ष सोही अवधिमा १६ हजार ७४० केजी चाँदी आयात भएको थियो।