काठमाडौं। चालु आर्थिक वर्ष चार महिनामा निर्यात ४३.४८ प्रतिशतले वृद्धि हुँदा नेपालबाट सबैभन्दा धेरै भटमास तेल विदेश गएको छ।
साउनदेखि कात्तिकसम्म १ खर्ब ३४ अर्ब रुपैयाँको वस्तु निर्यात भएकामा त्यसमध्ये ६१ अर्ब ३४ करोड रुपैयाँको भटमास तेल हो। भटमास तेल २५ करोड ४१ लाख केजी निर्यात भएको छ।
त्यस्तै, गलैंचा ३ अर्ब ८९ करोडको, अलैंची ३ अर्ब ४४ करोडको १९ लाख ६२ हजार केजी, जुट ३ अर्ब ३१ करोडको, सनफ्लावर तेल २ अर्ब ७८ करोड रुपैयाँको १ करोड २३ लाख लिटर निर्यात भएको तथ्यांक छ।
गत वर्ष सोही अवधिमा ३८ अर्ब ४३ करोड रुपैयाँको १८ करोड ५२ लाख केजी भटमास तेल, ३ अर्ब ९७ करोडको १८ लाख २३ हजार केजी अलैंची, ३ अर्ब २६ करोडको गलैंचा र २ अर्ब ७३ करोड रुपैयाँको सनफ्लावर तेल निर्यात भएको थियो।