BIZMANDU
www.bizmandu.com

सुन हिजोभन्दा तोलामा ६ हजार ५०० रुपैयाँ सस्तो, चाँदीको भाउमा पनि गिरावट

२०८३ मंसिर ९

सुन हिजोभन्दा तोलामा ६ हजार ५०० रुपैयाँ सस्तो, चाँदीको भाउमा पनि गिरावट
सुन हिजोभन्दा तोलामा ६ हजार ५०० रुपैयाँ सस्तो, चाँदीको भाउमा पनि गिरावट

काठमाडौं। उकालो लागेको सुनको मूल्य पुनः घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ४१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुन तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर प्रति तोला २ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य बुधबार तोलामा १०५ रुपैयाँले घटेर प्रति तोला ३ हजार ४० रुपैयाँमा आइपुगेको छ। चाँदीको मूल्य मंगलबार तोलामा ३५ रुपैयाँले वृद्धि हुँदा कारोबार मूल्य प्रति तोला ३ हजार १४५ रुपैयाँ थियो।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने अनुमानका कारण सुनको मूल्य घटिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार घटेर प्रति औंस ३५४८.१६ डलर कायम छ। चाँदी प्रति औंस ४०.७१ डलर छ।