BIZMANDU
www.bizmandu.com

कुमारी बैंक भिसा इन्टरनेसनलबाट सम्मानित, उत्कृष्ट काम गरेको भन्दै दुई विधामा अवार्ड

२०८३ मंसिर ९

कुमारी बैंक भिसा इन्टरनेसनलबाट सम्मानित, उत्कृष्ट काम गरेको भन्दै दुई विधामा अवार्ड
कुमारी बैंक भिसा इन्टरनेसनलबाट सम्मानित, उत्कृष्ट काम गरेको भन्दै दुई विधामा अवार्ड

काठमाडौं। कुमारी बैंक भिसा इन्टरनेसनलबाट सम्मानित भएको छ। सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा गरेको कार्यसम्पादनलाई लिएर बैंक भिसा इन्टरनेसनलबाट सम्मानित भएको हो।

GBIME
Tata

भिसा लिडरसिप कन्क्लेभमा आफू ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ र ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मानित भएको बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

तीन वर्षदेखि लगातार प्रापत गरेको सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवर्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामार्फत आफूले हासिल गरेको व्यावसायिक उत्कृष्टतालाई प्रतिबिम्बित गरेको बैंकले बताएको छ।