BIZMANDU
www.bizmandu.com

नेपाल र भारतका सेनाको संयुक्त अभ्यास सालझण्डीको सैनिक ब्याटल स्कुलमा, २२ गतेसम्म चल्ने

२०८३ मंसिर ९

नेपाल र भारतका सेनाको संयुक्त अभ्यास सालझण्डीको सैनिक ब्याटल स्कुलमा, २२ गतेसम्म चल्ने
नेपाल र भारतका सेनाको संयुक्त अभ्यास सालझण्डीको सैनिक ब्याटल स्कुलमा, २२ गतेसम्म चल्ने

काठमाडौं। नेपाली सेना र भारतीय सेनाको संयुक्त सैनिक तालिम ‘अभ्यास-सूर्यकिरण’ २०औँ संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।

GBIME
Tata

मध्यपश्चिम पृतनाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले बुधबार सैन्य अभ्यास शुभारम्भ गरेका छन्।

दुवै देशका गणस्तरको फौज सम्मिलित अभ्यास मंसिर २२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ।

अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जङ्गल युद्धकला, मानवीय सहयोग लगायत विषयमा दुई देशका सैनिकले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभव आदान प्रदान गर्नेछन्।

अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकल दर्जामा पेशागत ज्ञानको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाको विश्वास छ।

default

२०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको ‘अभ्यास-सूर्यकिरण’को १९औं संस्करण भारतको पिथौरागढमा भएको थियो।