BIZMANDU
www.bizmandu.com

कांग्रेसले ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने, केन्द्रीय समिति बैठकमा प्रदीपले पेस गरे ६ एजेण्डा

२०८३ मंसिर ८

कांग्रेसले ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने, केन्द्रीय समिति बैठकमा प्रदीपले पेस गरे ६ एजेण्डा
कांग्रेसले ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने, केन्द्रीय समिति बैठकमा प्रदीपले पेस गरे ६ एजेण्डा

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने लगायत विभिन्न ६ वटा एजेण्डा प्रस्तुत भएको छ।

GBIME
Tata

पार्टी कार्यालय सानेपामा मंगलबार सुरु भएको बैठकमा महामन्त्री प्रदीप पौडेलले संगठनको आगामी कार्यभार भन्दै ‘हामी तयार छौं’ अभियान लगायत कार्यक्रम, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माण, विस्थापित सुकुम्बासीहरूको व्यवस्थापन लगायत नागरिक सरोकारका विषय, सरकारका पछिल्ला गतिविधि र स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफललाई एजेण्डाका रुपमा पेस गरेका हुन्। अरु एजेण्डालाई विविधमा राखिएको छ।

ती एजेण्डामाथि छलफलका लागि बैठक बुधबार बिहान ११ बजे बस्नेछ। मंगलबारको बैठकको सुरुमा सभापति गगन थापाले समसामयिक राजनीतिका विषयमा सम्बोधन गरेका थिए।