काठमाडौं। फोनपे पेमेन्ट सर्भिस लिमिटेड सर्वाधिक आयकर बुझाउने संस्थाका रूपमा सम्मानित भएको छ।
आन्तरिक राजस्व कार्यालय ललितपुर-१ अन्तर्गत फोनपे आर्थिक वर्ष २०८१/८२ सबैभन्दा धेरै आय विवरण दाखिला गरेका आधारमा सम्मानित भएको हो। कार्यालयका प्रमुख कर अधिकृत शिवकुमार राईले सम्मानपत्र प्रदान गरेका छन्।
राईले देशको अर्थतन्त्रलाई डिजिटल बनाउन तथा आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा आबद्ध गर्न फोनपेले पुर्याएको योगदानको प्रशंसा गरेको कम्पनीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
फोनपे यसअघि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सर्वाधिक आयकर योगदान गर्ने संस्थाका आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा पनि सम्मानित भएको थियो।
फोनपेले देशमा डिजिटल भुक्तानी प्रणाली विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। लाखौँ प्रयोगकर्ता, वित्तीय संस्था तथा व्यापक मर्चेन्ट सञ्जालमार्फत डिजिटल वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्दै आएको फोनपे आइपीओ जारी गर्ने तयारीमा छ।