BIZMANDU
www.bizmandu.com

बागमती सरकारले पुनर्निर्माणमा ६ अर्ब खर्चिने, मुख्यमन्त्रीले भने- केन्द्र सरकार एक्लै नहिंडोस्

२०८३ मंसिर ८

बागमती सरकारले पुनर्निर्माणमा ६ अर्ब खर्चिने, मुख्यमन्त्रीले भने- केन्द्र सरकार एक्लै नहिंडोस्
बागमती सरकारले पुनर्निर्माणमा ६ अर्ब खर्चिने, मुख्यमन्त्रीले भने- केन्द्र सरकार एक्लै नहिंडोस्

काठमाडौं। विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले ६ अर्ब रुपैयाँ परिचालन गर्ने भएको छ।

GBIME
Tata

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढीले भएको क्षति पुनर्निर्माणमा ६ अर्ब रुपैयाँ परिचालन गर्ने बताएका छन्।

‘विभिन्न क्षेत्रका योजना कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ। विपद् कोषमा रहेको १० करोड ५ लाख तत्कालै खर्च हुने अवस्था आएपछि चालु बजेटमा रहेका कम प्राथमिकताका विकास योजना कटौती गरी प्रत्येक मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म बजेट व्यवस्थापन गरिएको छ,’ उनले भने।

बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले मंगलबार ललितपुरमा गरेको भोटेकोशी बाढीपश्चात् पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रमा हालसम्म भएका कार्य र आगामी कार्ययोजनासम्बन्धी समन्वय बैठकमा उनले प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

मुख्यमन्त्री थापा मगरले प्रभावित नागरिकका माग र आवश्यकताका आधारमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर योजनाबद्ध रूपमा बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पुनर्निर्माणमा संघ, प्रदेश र स्थानीय तहबीच एउटै योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै तीन तहका सरकार छुट्टाछुट्टै ढङ्गले अघि बढ्दा अपेक्षित परिणाम हासिल गर्न नसकिने बताए।